Section 7
अघिको काम कारवाईको मान्यता :
यो ऐन प्रारम्भ हुनु भन्दा अघि वर्गीय तथा व्यावसायिक संगठनहरूको सम्बन्धमा नेपाल सरकारबाट भए गरेका सबै काम कार्यहरू र नेपाल सरकारको
स्वीकृति लिई खडा र संचालन भएको त्यस्ता संगठनहरू यही ऐन बमोजिम भए गरेको मानिनेछ र त्यस्ता संगठनहरूबाट भए गरेका यो ऐनसंग नबाझिने कार्यहरू पनि यही ऐन बमोजिम भए गरे सरह मानिने छन्।